एनआरएनएको तेश्रो अफ्रिका क्षेत्रीय भेला तथा बैठक युगान्डाको कम्पालामा आयोजना हुने



१६ कार्तिक २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक यही आउने  डिसेम्बर २९–३०, २०१८ मा पुर्बी अफ्रकी मुलुक युगान्डाको राजधानी कम्पाला शहरमा आयोजना हुने भएको छ ।

बैठकमा अफ्रिकाका १७ मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरु र अन्य महादेशमा रहेका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरुको पनि सहभागिता रहनेछ ।

क्षेत्रीय बैठकको मुल बिषय “विकासका अनुभवहरु एक आपसमा साटदै” भन्ने नारा सहित यसै विषयमा केन्द्रित भएर विभिन्न शत्रहरु संचालन हुने छन् । जस अनुरुप अफ्रिकी विज्ञ र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुद्वारा अफ्रिका क्षेत्रको विकासको अनुभवको आदान प्रदान हुनेछ । साथै नेपाली श्रमिकहरुले अफ्रिकाका विभिन्न मुलुकमा भोग्नु परिरहेका समस्याहरु, मानव तस्करी र अफ्रिकन पर्यटन उद्योगका अनुभव र नेपालमा अफ्रिकी लगानीकर्ताको लगानी अनुभव बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी गैरआवासीय नेपाली संघ अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिनु भएको छ ।

कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रम मन्त्री मध्ये एकलाई निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत जानकारी दिनु भएको छ । उक्त बैठक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युगान्डाको आतिथ्यतामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी राष्ट्रिय समन्वय परिषद् युगान्डा अध्यक्ष  राजमणि भण्डारीले दिनु  भएको छ । बैठकका मुल विषय लगायत अफ्रिकन र नेपाली कलाकारहरुको साँस्कृतिक प्रस्तुतीका साथै नेपाली भाषा साहित्य माथी गोष्ठी समेत आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्