ग्यागजिन ‘फोर फोर टु’ को सूचीमा परेका उत्कृष्ट १० फुटबल प्रशिक्षकहरु, (सूचीसहित)



१६ कार्तिक २०७५, काठमाडौं

अन्तर्राष्ट्रिय ग्यागजिन ‘फोर फोर टु’ ले विश्व फुटबलका १० उत्कृष्ट प्रशिक्षकको सूची प्रकाशित गरेको छ । म्यागजिनले प्रशिक्षकको सफलताका आधारमा यो सूची तयार तथा पकाशन गर्ने गर्दछ ।

प्रकाशित सूचीअनुसार उत्कृष्ट प्रशिक्षकको पहिलो नम्बरमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला रहेका छन् । त्यसपछि दोस्रो नम्बरमा रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदान छन् भने तेस्रो स्थानमा एथ्लेटिको मड्रिडका डिएगो पाब्लो सिमोनी परेका छन् । तर, बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डे भने मुस्किलले १०औं स्थानमा मात्रै अटाउन सफल भएका छन् ।

सुची हेर्नुहोस्

1. पेप ग्वार्डिवाला–म्यानचेस्टर सिटी
2. जिनेदिन जिदान–रियल मड्रिडका पूर्वप्रशिक्षक
3. डिएगो सिमोनी–एथ्लेटिको मड्रिड
4.मासिमिलानो एलेग्र–युभेन्टस
5.जोर्गेन क्लोप–लिभरपुल
6. डिडियर डेसच्यम्प्स–फ्रान्स
7. मौरिसियो पोचेटिनो–टोटनह्याम
8. मउरिसियो सार्री–चेल्सी
9. जुलियान नागेल्सम्यान–हफिङहेइम
10. अर्नेस्टो भालभर्डे–बार्सिलोना

प्रतिक्रिया दिनुहोस्