जलेश्वरी स्वास्थ्य चौकीमा कार्यरत अहेब पवन कुमार यादव सँगको कुराकानी



१३ कार्तिक २०७५, काठमाडौं

खोटाङ जिल्ला ऐसेलुखर्क गाउपालिका वडा न–४ जलेश्वरीको स्वास्थ्य चौकीमा विगत दुई बर्ष देखि कार्यरत अहेब पवन कुमार यादव संग स्वास्थ्य चौकीको अवस्था, स्वास्थ्य चौकीबाट जनताले पाउने सेवा सुविधा तथा स्वास्थ्य चौकीमा भएका समस्या बारे सहकर्मी माओदिप थुलुङ राईको कुराकानी–

सर नमस्कार ।

–हजुर नमस्कार

हजुरको शुभनाम ?

–अयव पवन कुमार यादव,घर सप्तरी जिल्ला हाल जलेश्वरी स्वास्थ्य चौकीमा विगत दुई बर्ष देखि अयव पदमा कार्यरत छु

दुई बर्ष देखि कार्यरत छु भन्नु भयो, यस दुइ बर्ष भित्र कस्तो कस्तो किसिमको सेवाहरु दिदै आइरहनु भएको छ रु कस्ता कस्ता विरामी आउने गरेका छन् ?

–खासमा सामान्य देखि जटिल प्रकारका विरामीहरु आउने गर्छन्,तर विशेष गरी सामान्य विराम लागेका रुघामर्की,खोकी,झाडापखाला,निमोनिया,टाइफाइड,दम तथा लडेर शारारिक चोटपटक लागेका विरामीहरु आउने गरेका छन् त्यस्ता विरामीहरुलाई सेवा प्रदान गरिदै आईएको छ ।

सामान्य उपचार यहि हुने रहेछ यदि जटिल प्रकारको विरामी आई दिए भने ?

–नेपाल सरकार बाट प्राप्त औषधीको आधारमा प्राथमिक उपचार यहि गर्छौं,औसधी अनुसार सक्ने उपचार यहि गर्छौं,जुन उपचार यहाँ सम्भव छैन त्यस्ता विरामीलाई हामीले परामर्स दिएर यो भन्दा पनि माथिल्लो निकायहरुमा९अस्पतालहरु०रिफर गर्ने गर्छौं ।

भौगोलिक विकटता त छदै छ तर पनि कुन कुन क्षेत्रका,ठाउका विरामीहरुले यस स्वास्थ्य चौकीबाट सेवा लिदै आईरहेका छन् ?

(खास गरी यहिको क्षेत्रहरु सिम्ले डाडागाउ,थापादेल,माझागाउ,बाबियाखर्क लगाएत डेल्मिटार तथा वडा न।५का पायक पर्ने ठाउहरु सानोडुम्रेको विरामीहरुले यहाबाट राम्रो सेवा,सुविधा प्राप्त हुने भएकाले विशेष गरी ऐसेलुखर्क गाउपालिका भित्रका वडा न।४ र ५ का जनताहरुले सेवा लिदै आईरहेका छन् ।

तपाईको दुई वर्षको कार्यकाल भित्र यहाँको मानिसहरुमा उपचारको लागी स्वास्थ्य चौकी नै आउनु पर्छ भन्ने मानसिकतामा कतिको परिवर्तन पाउनु भएको छ ?

–हुन त हाम्रो नेपालको पहाडी भूभाग,हिमाली तथा तराई भूभागमा अझै पनि विरामी हुदा धामी झाक्रिमा विस्वास गर्ने चलन हटेको छैन,उहाहरुको आफ्नै किसिमको रितिरिवाज छन्,सोच छन्, तर मेरो दुई वर्षको कार्यकाल भित्र धामीझ्राक्रिमा पनि विस्वास गरेता पनि रोग लागे पछि स्वास्थ्यचौकी पनि जानु पर्छ है भन्ने पनि छन्,हुन त यो एकदमै विकट ठाउ हो मान्छेहरुको शैक्षिक स्थर पनि हेर्नु पर्छ,मान्छेहरु खासै पढे लेखेका छैनन्, भएका पनि बाहिर बाहिर छन्, तर पनि पहिले तुलनामा अहिले स्वास्थ्य चौकी नै जानु पर्छ भन्ने मानसिकता भए पनि यद्धपि धामीझाक्रिमा विस्वास गर्ने पनि छन् ।

विरामीले यस स्वास्थ्य चौकीबाट कति प्रकारका औसधी निशुल्क पाउछन् ?

–खासमा नेपाल सरकार बाट स्वास्थ्य चौकीको लेभलमा जम्मा ३५ प्रकारको औषधीहरु निशुल्क दिदै आईरहेको भएतापनि मैले यस स्वास्थ्य चौकीमा काम गरेको बेला बाट यता पुरा निशुल्क रुपमा पाउनु पर्ने औषधीहरु पूर्णरुपमा उपलब्ध छैनन्  ।

पुरा औषधी उपलब्ध नहुदा त उपचारमा गाह्रो हुन्न ?

(कुनै बेला एउटा हुन्छ,कुनै बेला अर्को,सामान्य रुपमा पन्द्र,वीस ओटा औषधी उपलब्ध भईरहेका हुन्छन्, भएको औषधीबाट उपचार गर्छौ,नभएको औषधी बाहिरको मेडिकलबाट किन्न लगाउछौ  ।

यत्रो धेरै औषधी उपलब्ध नहुनुको कारण के होला सररु कसको कमजोरी हो ?

–सबै भन्दा पहिले त हामी स्वास्थ्यकर्मीले नै पहल गर्नु पर्ने हो,पहिले मागफारम भरेर जिल्ला पठाउने गरिन्थ्यो,जिल्लाबाटै दुवानी हुन्थ्यो तर अहिले स्थानीय सरकार वडा कार्यालय तथा गाउपालिकाले नै उपलब्ध गराउनु पर्ने हो, औषधी उपलब्ध नहुनुमा स्वास्थ्य चौकीमा काम गर्ने कर्मचारीको भन्दा पनि सम्बन्धित निकाय कै कमजोरी हो ।

प्रसुतीगृह पनि रहेछन्, के संचालनमा छन् ?

–प्रसुतीगृह बने पनि त्यस सम्बन्धी चाहिने सामाग्रीको अभावले हामी स्वास्थ्यकर्मी हुदा हुदै पनि दुखै मान्नु पर्छ,प्रसुतिगृह संचालनमा आएका छैनन् तथापी गर्भवती महिलाको लागी एन।सी जाच,आइरन पोलियो एसिड,भिटामिन ए,जुकाको औषधी लगाएत अन्य सेवाहरु भने दिदै आईरहेको छौँ ।

भूकम्पको प्रभाव होला, भवनहरु एकदमै जिर्ण अवस्थामा हुदाहुदै पनि कसरी कसरी स्वास्थ्य सेवा दिदै आईरहनु भएको छ ?

–हुन त कुनै पनि सस्थाको भौतिक पूर्वाधार नै ठुलो कुरा हो,यदि भौतिक पूर्वाधारको राम्रो व्यवस्थापन छैन भने सेवा लिने सेवा ग्राही र सेवा दिने बीच समस्या हुन्छ,हाम्रो स्वास्थ्य चौकीको भवनहरु ०७२ सालको भूकम्प पछी नै जिर्ण भएको हो ,भवनको चारै कोठा जिर्ण छन्,कुन बेला के हुन्छ हामीलाई थाहा छैन,डर र त्रासमै विरामीलाई सेवा दिनु परेको छ ।
भवनको लागी कुनै पहल भएनन् ?

–वडा कार्यालय तथा गाउपालिका सम्म पहल गरेको छौ, सम्बन्धित व्यक्तिहरु वडा अधक्ष्य तथा गाउपालिका प्रमुखबाट हुन्छ भनिएको छ तर कहिले सम्म हुन्छ थाहा छैन ्र स्थानिय जनताहरु ९मनिराम राई,डिल्लीराम राई, ललित कुमार राउत०ले नयाँ स्वास्थ्य चौकी भवनको लागी ५ रोपनी जग्गा दान गर्नु भएको छ,त्यो जग्गामा नेपाल सरकार तथा सम्बन्धित निकायले स्वास्थ्य चौकी भवन बनाई दिए हामी कर्मचारीले विरामी तथा जनतालाई सेवा दिन सहज हुन्थ्यो ।

अन्त्यमा, भौतिक समस्या अनि औषधीको पर्याप्तता नहुनुमा सम्बन्धित निकायलाई केहि भन्नु छ ?

–मुख्य कुरा के भने अहिले नेपालमा विकासको कुरा गर्दा खेरी धेरै विकासका बाटोहरु खुलेका छन् ,पहिले जिल्ला बाटै जे पनि कुराहरु परिपूर्ति हुन्थ्यो तर अहिले प्रत्यक गाउ(गाउमा सिंहदरवार आएको छ,प्रत्यक वडा तथा गाउपालिकाहरुमा जनप्रतिनिधीहरु नयाँ(नयाँ पाएको छौँ,यो स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, यहाँको औषधी व्यबस्थापन लगाएत अन्य व्यस्थापनको लागी हाम्रो वडा प्रमुख ज्यु,गाउपालिका प्रमुख ज्युको ध्यान केन्द्रित गरिदिनु भए हामी कर्मचारीलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन सहज हुने थियो ।

हवस् धन्यवाद ।।

धन्यवाद ।।

प्रतिक्रिया दिनुहोस्