तामाङ समाज अमेरिकाद्वारा नेपाली भाषाको कक्षा “नाङसाल” संचालन



०१ कार्तिक २०७५, न्युयोर्क

तामाङ समाज अमेरिका द्वारा संस्थाको कार्यालयमा बालबालिकाहरुको “नाङसाल “नेपाली भाषा कक्षा संचालनमा ल्याएको छ ।

अमेरिकामा जन्मिएका बालबालिकाहरु नेपाली भाषा बोल्न छाडेका बेला हामी प्रवासमा रहेको नेपालीहरुले भाषा ,रितिथिति भेष भूषा,संस्कार संस्कृति आदिको संरक्षण, संम्बर्धन र बिकास अघिल्लो पुस्तालाई सिकाउँदै हस्तारण गर्नूपर्छ भन्ने हितुका साथ”नाङसाल “नेपाली भाषा कक्षा संचालनमा ल्याएको हो ।

कक्षा संचालन हरेक आइतवार बिहान दुई घण्टा १०:००देखि १२: ००बजे सम्म
कक्षा संचालन गरिएको र निकट भविष्यमै तामाङ भाषा र इङ्गलिस आफ्टर स्कूल कक्षा पनि संचालनको लागि गृहकार्य भैरहेको छ । त्यस्तै विद्यार्थीलाई संयोजन गर्ने लगायत नेपाली भाषा कक्षा संचालन कार्य बाल बिभागका संयोजक रेणु वाइबा र कोषाध्यक्ष फुरु लामाले गर्ने भएका छन् ।

नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल, सभ्य र स्वस्थ समाजको परिकल्पना सहित शिक्षाले संस्थाको लक्ष्य र उद्देश्य अनुरुपको कार्य गर्नु थालेको अध्यक्ष सानुमाया तामाङ्ले बताउनुका साथै निम्न स्थान र मितिमा कक्षा संचालन भईरहेको हुँदा ईच्छुक सबैलाई भाग लिन समेत हार्दिक अनुरोध गरेकी छिन् ।

स्थान : ३९-३० ५८ स्ट्रीट तामाङ समाज अमेरिका कार्यालय
समय: बिहान १० बजे देखी १२ बजें सम्म ( आइतबार)
Venue: 39-30 58th st (Tamang Samaj America’s Office)
Time: Sunday 10 :00 A.M. to 12:00 P.M.

यो पनि पढ्नुहोस्..

तामाङ समाज अमेरिकाले २८५५ औं “फा ल्हो” सोनाम ल्होछार भव्यताको साथ मनाउने

प्रतिक्रिया दिनुहोस्