विजया दशमीको अवसरमा बूढानीलकण्ठ १२ को चियापान कार्यक्रम सम्पन्न (फोटो फिचर)



२९ असोज २०७५, काठमाडौं

बूढानीलकण्ठ १२ ले आयोजना गरेको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११३९, छठ, ल्होसार २०७५ को चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम बूनपा १२ स्थित प्रशान्ति स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ ।

प्रदेशसभा सदस्य कुसुम कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बूनपा प्रमुख उद्धव प्रसाद खरेल, प्रशासकिय अधिकृत प्रदिप पौडेल, वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी, १० का वडाध्यक्ष नवराज भट्टराई, विभिन्न वडा सदस्यहरु, स्थानीय नेताहरु, विशिष्ठ व्यक्तिहरु लगायत अन्य समाजसेवीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य पुरुषोतम नेपालले संचालन, वडा सदस्य शान्ता ढकालले स्वागत, महिला संजालको तर्फबाट बूनपा १२ की अध्यक्ष शारदा आचार्य, संघसंस्थाको तर्फबाट युवा एकीकृत क्लवका विष्णु भट्टराई, विद्यालयहरुको तर्फबाट पुष्पलाल मेमोरियल स्कूलका सिपी आचार्य, टोल सुधार समितिहरुको तर्फबाट राधाकृष्ण टोलसुधार समितिका टोप बहादुर गुरुङ, नेपाली काङ्ग्रेसको तर्फबाट ईकाई उपसभापति सुमित चालिसे, नेकपाको तर्फबाट शंकर प्रसाद भट्टराई, बूनपा नगरप्रमुख उद्धव प्रसाद खरेल र प्रदेशसभा सांसद कुसुम कुमार कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समूह गायन तर्फबाट गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल बूनपा १२ निवासी शशी विक्रम थापालाई नगरपालिकाको तर्फबाट सम्मान समेत गरिएको थियो ।

     

प्रतिक्रिया दिनुहोस्