मिना ढकालको प्रेमी सार्वजनिक : आफूभन्दा कान्छा रहेको जनाईन् (भिडियो सहित)



हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलसँग वैवाहिक सम्वन्ध टुटेपछि मिना ढकाल कलाकारितामा आफूलाई भिजाउन प्रयासरत छिन् । दुईवटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी उनी अब फिल्म निर्माण र अभिनयमा होमिने भएकी छिन् । मिनाले नारीप्रधान लभस्टोरी फिल्म बनाउन लागेको जानकारी दिइन् । यसमा लिड रोल उनकै हुनेछ ।

फिल्मको नाम जुर्न बाँकी रहे पनि ‘हार्ट अट्याक’ राख्नेबारे छलफल भइरहेको उनको भनाई छ । फिल्म एक करोडभन्दा बढि लगानीको हुनेछ । मिनाले आर्यन शर्मासँग मिलेर यो फिल्म निर्माण गर्न लागेकी हुन् । फिल्मको लेखन तथा निर्देशन आर्यनले गर्नेछन् । कलाकारहरु कोही पनि फाइनल नभएको तर सकभर नयाँ हिरो-हिरोइनलाई लिने सोचमा रहेको मिनाले बताइन् । फिल्मको सुटिङ इलाम, दार्जिलिङ लगायतका स्थानमा हुनेछ ।

गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको उनले बताइन् । उनको पहिलो गीत भने आलोचित बनेको थियो ।  मनोज र मिनाले २२ वर्ष लामो वैवाहिक सम्वन्धमा फुलस्टप लगाउँदै गत वर्ष डिभोर्स गरेका थिए । उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन् । अहिले मिना छोरीसँग र मनोज छोरासँग बस्छन् ।

 

प्रतिक्रिया दिनुहोस्