श्रीपेच सर्वसाधारणका लागि खुला (फोटो फिचर)



२९ असोज २०७५, काठमाडौं

सोमबारदेखि शाह राजाहरुको शक्तिको प्रतिक श्रीपेच र राजदण्ड सार्वजनिक प्रदर्शनीमा राखिएको छ । उक्त श्रीपेच र राजदण्ड नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनीमा राखिएको हो । श्रीपेच बहुमूल्य रत्न र धातुबाट बनाइएको छ । जनआन्दोलनको बलबाट स्थापित संविधान सभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि तत्कालीन राज ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डसहित राजकीय अवसरमा प्रयोग गर्ने सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेर दरबार छाडेका थिए ।

२०६५ साल फागुन १५ गते नारायणहिटी दरवार संग्रहालयको उद्घाटन गरेर त्यस भित्रका ५२ मध्ये १९ वटा कोठालाई सर्वसाधारणको लागि खुला गरिएको थियो । तर, श्रीपेच र राजदण्डलाई भने सुरक्षाको कारण देखाएर प्रदर्शनीमा राखिएको थिएन । दरबारभित्रकै शैलुङ कक्षमा सुरक्षित राखिएको थियो । श्रीपेच र राजदण्ड सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबार संग्रहालयलाई दरबार इतिहास संग्रहालयको रुपमा विकास गरिने घोषणा गरे । त्यसमा हालसम्मका शासकहरुको इतिहासलाई समेटिने उनको भनाई थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्