मेलिना राईको नयाँ गीत रिलिज, आँचल र पुष्प फिचरिङमा



२९ असोज २०७५, काठमाडौँ

नायिका आँचल शर्मा नेपालकी निकै चर्चित नायिका तथा मोडल हुन् । धेरैजसो उनी म्यूजिक भिडियोहरुमा व्यस्त हुने गर्छिन् । त्यसैगरी पुष्प खड्का पनि नेपालका चर्चित नायक तथा अभिनेता हुन् । भर्खरै मात्र बजारमा नायक पुष्प खड्का र नायिका आँचल शर्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अम्बिका गुरुङको शब्द र शंकर थापाको संगीत रहेको पिरतीको रङ्ग बोलको गीतमा सुमन केसी र मेलिना राईको आवाज रहेको छ । उक्त गीतमा आँचल शर्मा र पुष्प खड्कालाई फिचरिङ गराइएको छ । पुष्प र आँचलले यो भन्दा पहिले पनि थुप्रै म्यूजिक भिडियोहरुमा काम गरिसकेका छन् । यो गीतमा पुष्प र आँचलको मिलेको केमेष्ट्रि देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्