बाल गायक मनिष लिम्बुको नयाँ गीत सार्वजनिक



२९ असोज २०७५, काठमाडौँ

युट्युबमा दिनानुदिन भाइरल बन्दै गएका मनिष लिम्बु सानै उमेरमा आफ्नो स्वरका कारण सबैको प्रिय बन्न सफल भएका छन् । आफूलाई मेलिना राईको फ्यान बताउने मनिष मेलिना राईको गीतहरु बढी सुन्ने बताउँछन् ।

राजेन्द्र थेबेको शब्द र उज्वल लामाको संगीत रहेको छुट्टीको दिन बोलको गीतमा मनिष लिम्बु र उज्वल लिम्बुको आवाज रहेको छ । मनिषले यो भन्दा अगाडी पनि गीत गाइसकेका छन् । उनको आवाजलाई सबैले निकै मन पराइदिएका छन् । मनिषलाई अहिले संगीत सिक्नको लागि मानिसहरुले सहयोग पनि गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्