चलचित्र प्रसाद को दोस्रो गीत रिलिज, देखियो निश्चल र अन्जलीको दमदार डान्स



२८ असोज २०७५, काठमाडौँ

केहिसमय अघिमात्र छायांकन सकिएको चलचित्र प्रसाद को दोस्रो गीत सार्वजनिक भएको छ । निसन्तान दम्पतीको कथामा आधारित चलचित्र प्रसादलाई चर्चित निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।

बी पाण्डेको शब्द र सुवास भुषालको संगीत रहेको बनकी चरी बोलको गीतमा रुपक डोटेल र अञ्जु पन्तको आवाज रहेको छ । उक्त गीतमा निश्चल बस्नेत, रुपक डोटेल र अन्जली अधिकारीलाई फिचरिङ गराइएको छ ।  गीतमा अन्जली र निश्चलले निकै राम्रो डान्स गरेको देख्न सकिन्छ । चर्चित नायक विपिन कार्की र नेपालकी डिमाण्डेड नायिकाको रुपमा परिचित नम्रता श्रेष्ठको चलचित्रमा मुख्य भूमिका रहेको छ । चलचित्रमा निश्चल बस्नेतको पनि प्रमुख भूमिका रहेको छ । चलचित्र प्र्साद मङ्सिर २१ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्