भिमफेदि गाईजको नयाँ गीत रिलिज



२८ असोज २०७५, काठमाडौँ

भिमफेदि गाईज नेपालको निकै चर्चित डान्स ग्रुप हो । विभिन्न गीतहरुमा कभर डान्स गरेर चर्चामा आउको भिमफेदि गाईजलाई आजभोली धेरै गीतहरुमा डान्स गर्नको लागि अफर आउन थालेको छ । यहि भिमफेदि गाईज को नयाँ गीत बजारमा सार्वजनिक भएको छ ।

आर.के खत्रीको शब्द र संगीत रहेको एक बोतल बोलको गीतमा आवाज पनि आर.के खत्रीकै सुन्न सकिन्छ । उक्त गीतमा भिमफेदि गाईज र नेपालकी चर्चित मोडल तथा नायिका एलिसा शर्मालाई फिचरिङ गराइएको छ । उक्त गीत निकै रमाईलो शैलीको रहेको छ । गीतलाई भिमफेदि गाईज आफैँले कोरियोग्राफी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्