तामाङ समाज अमेरिकाले २८५५ औं “फा ल्हो” सोनाम ल्होछार भव्यताको साथ मनाउने



२७ असोज २०७५, न्यूयोर्क

तामाङ समाज अमेरिकाले आउँदै गरेको २८५५ औं “फा ल्हो” सोनाम ल्होछार भब्यताका साथ मनाइने भएको छ ।

अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिकाको कार्यालयमा बसेको कार्यसमिति बैठकले यही आउँदो फेब्रुवरी २, २०१९
शनिबारका दिन Five Star Banquet 13-05 43rd Ave, Long Island City, NY मा २८५५ औं “फा ल्हो” सोनाम ल्होछार भब्यताका साथ मनाउने निर्णय गरिएको हो ।

तामाङ भाषा ,धर्म ,संस्कार ,संस्कृतिलाई जगेर्णा गर्ने उद्देश्यका साथ आउँदो  सोनाम ल्होछारलाई  मौलिक परम्परा एवंम् सन्देशमूलक  तरिकाबाट मनाउने भएको छ । ल्होछारको लागि मिति र स्थान तय भैसकेको र अन्य तयारी अघि बढीरहेको तामाङ समाज अमेरिकाले  जानकारी गराएको छ !!

प्रतिक्रिया दिनुहोस्