तिघ्रा र नितम्ब कसरी हुन्छ ठुलो ? जान्नुहोस् (भिडियो सहित)



तिघ्रा र नितम्ब बोसो रहने सुरक्षित स्थान हो । डायविटिज विशेषज्ञ डाक्टर नोर्बर्ट स्टीफनले भने, ‘पेटको बोसोको तुलनामा तिघ्रा र नितम्बको बोसो ठिक हुन्छ ।’ साथै उनले भने ‘स्वस्थ्य वजन भएका ती व्यक्तिहरु बढी दुरुस्त हुन्छन्, जसको शरीरको आकार स्याउको तुलनामा नासपानीको जस्तो हुन्छ ।’

पेटको बोसोले रगतमा फ्याटी एसिड बढी छोड्दछ । यसका कारण डायबिटिज, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढाउने गर्दछ । यस्तै नयाँ अध्ययनअनुसार जो तौलका हिसावले फिट रहन्छन् तर नितम्ब, तिघ्रा र खुट्टामा फ्याट बढी भए पनि उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको सम्भवना कम रहने गर्दछ ।

सेल रिसर्च जर्नलमा यो अध्ययन रिपोर्ट प्रकाशित भएको छ । उक्त अध्ययनका अनुसार जुन व्यक्तिको तल्लो भागमा फ्याट कम हुन्छ, उनीहरुमा हृदयरोग र मृत्युको सम्भावना बढी हुन्छ ।

यद्यपि यो शोध मोटाघाटा मानिसमा लागु हुँदैन । यसको कारण यो हो कि मोटाघाटा व्यक्तिको फोक्सो र मुटु वरपर बढी बोसो हुने गर्दछ र त्यस्तो अवस्थामा हृदयघातको सम्भावना पहिला नै बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्