उपाधीसहित नेपाल फर्क्यो नेपाली टोली



२७ असोज २०७५, काठमाडौं

विश्व टी–ट्वान्टी एशिया छनौट समुह बी को विजेता नेपाल आज स्देश फर्किएको छ । मलेशियामा सम्पन्न ट्वान्टी क्रिकेट खेलेर नपाल आज नेपाल फर्केको हो ।

नेपाल फर्किएका खेलाडीहरुलाई खेलकुदका पदाधिकारी तथा समर्थकहरुले स्वागत गरेको थिए । छनौट चरणको खेल रद्ध भएपछि नेपाल नेट रन रेटका आधारमा खेल जितेको थियो । उपाधिसंगै नेपाल विश्व टी९ट्वान्टी एसिया छनोट समूह ’बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसंगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेको छ । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् । अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्