सिंहदरबार सिंहदरबारमै सिमित : वडाध्यक्ष नवराज भट्टराई (भिडियो सहित)



२७ असोज २०७५, काठमाडौं

विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११३९, छठ, ल्होसार २०७५ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी बूढानीलकण्ठ १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा संविधान प्रदत्त अधिकार कटौती भएकोमा बूढानीलकण्ठ १० का वडाध्यक्ष नवराज भट्टराईले  आक्रोस व्यक्त गरे ।

बूढानीलकण्ठ १० नेकपाको चियापान तथा शुभकामना कार्यक्रममा वडाध्यक्ष भट्टराईको मन्तव्यको भिडियो :

वडाध्यक्ष भट्टराईले, ‘हिजो कपन गाविस हुँदा कपनमै हुने काम अहिले गोल्फुटार धाउनु परेको छ । सामान्य भन्दा समान्य काम गर्ने अधिकार समेत वडा कार्यालयलाई नभएको र वडाध्यक्षलाई वडा सचिवको हैसियतमा समिति बनार्ईएको भन्दै गाउँगाउँमा सिंहदरबार भन्ने नारा सिंहदरबारमै सिमित रहेको बताए ।’

नेपाल कम्युनिष्ट पार्टी बूढानीलकण्ठ नगरपालिका वडा नं. १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा स्थानीय तहमा पार्टी एकता नहुनाले स्थानीय सरकारले गरेका राम्रा कामहरु समेत प्रचार हुन नसकेको बताए ।

नेकपाका तल्ला कमिटिहरु एकता नहुँदा सरकारले गरेको काममा पार्टीले अपनत्व नलिएको बताउँदै पार्टी एकता चाँडो भएमा विकासको गति दुई गुणाले बढ्ने समेत दावी गरे ।

प्रतिक्रिया दिनुहोस्