बंगबन्धुको उपाधी प्यालेस्टाईनलाई



२७ असोज २०७५, काठमाडौं

बंगलादेशमा सम्पन्न भएको बंगबन्धुको उपाधी प्यालेस्टाईनले जितेको छ । साबिक च्याम्पियन नेपालको समूहमा रहेको प्यालेस्टाईनले अर्को दाबेदार ताजिकिस्तानलाई पेनल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको ५० औ संस्करणको रोचक फाइनलमा निर्धारित तथा अक्तिरिक्त समयमा पनि दुवै क्षेत्रबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनल्टी सुटआउटबाट लिएको थियो । ढाकाको बंगबन्धु नेश्नल स्टेडियममा भएको फाइनलमा प्यालेस्टाईनले ताजकिस्तानलाई ४–३ गोल गरेको थियो । साबिक चयाम्पियन नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । नेपाल रहेको समूह एमा प्यालेस्टाईन र ताजकिस्तान परेका थिए ।

नेपाल समूह चरणमा ताजकिस्तानसँग २–० र प्यालेस्टाईनसँग १–० ले पराजित भएको थियो । समूह चरणमा समेत प्यालेस्टाईनले ताजकिस्तानलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्