‘लब स्टेशन’ मा प्रदिपको नयाँ लुक्स, देखिए गायक अवतारमा



२६ असोज २०७५, काठमाडौँ

नायक प्रदिप खड्का नेपालका निकै डिमाण्डेड र सफल अभिनेता हुन् । प्रेमगीत बाट सर्वाधिक चर्चा पाएका यी नायकले आफ्ना हरेक चलचित्रमा नयाँ नायिकाहरुसँग काम गरेका छन् । सबै चलचित्रहरुमा उनको नयाँ नायिकाहरुसँगको जोडि राम्रो मानियो तर तीमध्ये अत्याधिक चर्चा पायो लिलिबिली जोडिले । नायिका जसिता गुरुङसँग लिलिबिली मा प्रदिपको जोडि बाधिएको थियो । नेपालमा कमैमात्र पर्दाका जोडि छन् जसलाई दर्शकहरुले अत्याधिक रुचाईदिएका छन् र बारम्बार पर्दामा हेरिरहन चाहन्छन्  । त्यसमध्येको सर्वाधिक रुचाइएको जोडि हो नायक प्रदिप र नायिका जसिताको ।

लिलिबिली प्रदर्शन लगत्तै लण्डन उडेकी जसिता केहिदिन अगाडि मात्र नेपाल आएकी हुन् । उनी फेरि एकपटक प्रदिप खड्कासँग नै चलचित्रमा जोडिको रुपमा देखिँदै छिन् । हाल नायिका जसिता गुरुङ र नायक प्रदिप खड्का चलचित्र लब स्टेशनको लािग दार्जिलिङ पुगेका छन् । यतिबेला दार्जिलिङका रमणीय ठाउँहरुमा चलचित्र लब स्टेशनको छायांकन भैरहेको छ । हालैमात्र चलचित्रको सुटिङ सेटबाट एक तस्बिर बाहिरिएको छ । उक्त तस्बिरमा नायक प्रदिप खड्कालाई गायक अवतारमा देखिन सकिन्छ । चलचित्र लब स्टेशन म्यूजिकल प्रेम कथामा आधारित चलचित्र हो । चलचित्रको लगभग ५०% छायांकन सकिएको चलचित्र निर्माण टिकले बताएको छ । चलचित्र फगुनमा प्रदर्शनमा आउने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्