शहिद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा बिग्रेड ब्वाइजको अग्रता



२६ असोज २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले भईरहेको खेलको पहिलो हाफमा बिग्रेड ब्वाइज क्लबले अग्रता पाएको छ ।

बिग्रेड ब्वाइज र मनाङ मर्स्याङदी क्लबबीच भईरहेको खेलमा बिग्रेड ब्वाइजले अग्रता पाएको हो । एन्फा कम्प्लेक्समा जारी खेलमा बिग्रेडका लागि खेलको २८ औं मिनेटमा भएको गोलअग्रताको गोल हो । अपराह्न ३ बजे सुरु भएको खेलमा दुबै टिमले जितलाई आफ्नो पोल्टामा पार्नलाई प्रयास गरिरहेका छन् । मनाङ मर्स्याङ्दी क्लब साविक विजेता भएपनि अग्रता भने बिग्रेड ब्वाइजको छ ।

यसअघि भएको एपीएफ र हिमालयन शेर्पाबीच भएको खेलमा दुबै टिमले गोलरहित बराबरी खेल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्