सिंगापुरद्वारा नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत



२६ असोज २०७५, काठमाडौं

टी–ट्वान्टी विश्वकप एसिया पूर्व क्षेत्रिय छनौटको अन्तिम खेलमा सिंगापुरले नेपाललाई  ८२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा अलआउट हुँदै ८१ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा करण केसी र सोमपाल कामीले समान दुई–दुई विकेट लिए भने, ललित राजवंशी र वसन्त रेग्मीएक–एक विकेट लिए ।

सिंगापुरका लागि सर्वाधिक रन सुरेन्द्रन चन्द्रमोहनले २५, मनप्रित सिंहले १० तथा सिद्धान्तले १० रन जोड्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्