परिवर्तन खबरद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न (फोटो/भिडियो)



२६ असोज २०७५, काठमाडौं

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा परिवर्तन खबरद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम जोसेफ माविको सहकार्यमा सम्पन्न भएको छ ।

शुभकामना आदान–प्रदानको भिडियो :

कार्यक्रममा सांसद तथा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष गोमा देवकोटा, पूर्व राजदूत टंक कार्की, पूर्व सांसद तथा परराष्ट्रविद डा. राजन भट्टराई, प्रधानमन्त्री केपी ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रदेश सभा सांसद दीपक निरौला, बूढानीलकण्ठ नगरप्रमुख उद्धव खरेल, उपप्रमुख रमादेवी राई, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, वडाध्यक्षहरु बूनपा ९ का राजेन्द्र प्रसाद सापकोटा, १० का नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भु भट्टराई, १३ का श्रीकृष्ण श्रेष्ठ, बरिष्ठ पत्रकार टंक पन्त, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, कान्ति बाल अस्पतालका प्रमुख तथा बाल रोग विशेषज्ञ डा. गणेश राई, राष्ट्रिय विमा संस्थानका प्रमुख कार्यकारी अधिकृत कवि पाठक, डा.फणिन्द्र काफ्ले, पूर्व क्याम्पस प्रमुख पशुपति बहुमुखी क्याम्पस तथा साहित्यकार विष्णुप्रसाद पन्त, बालउद्धार माविका प्रअ विनोद पण्डित तथा स्थानीय समाजसेवी, बुद्धिजीवी पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

विहान ७ बजेदेखि सुरु भएको कार्यक्रम ९ः३० बजेसम्म संचालन भएको थियो । सांसद गोमा देवकोटा, डा. राजन भट्टराई, सांसद दीपक निरौला लगायत बूनपाका वडाध्यक्षहरुले सुरुदेखि अन्तिमसम्म उपस्थिति जनाई कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा उपस्थित अतिथि लगायत सम्पूर्ण सहभागीहरुलाई परिवर्तन खबरले यसै समाचार मार्फत धन्यवाद ज्ञापन गर्दछ ।

     

        

प्रतिक्रिया दिनुहोस्