दैनिक ८ घण्टाभन्दा कम सुत्ने मानिस तनाव तथा निराशाको सिकार हुने एक अध्ययनको खुलासा



२६ असोज २०७५, काठमाडौं

निन्द्रा मान्छेको एक आधारभुत आवश्यक्ता हो । यसबाट मानिसलाई सन्तुष्टि तथा आनन्द प्राप्त हुन्छ । जसका कारण मानिस स्फुर्त हुन्छ, साथै यसले विभिन्न तनाव तथा निराशाबाट छुटकारा दिन्छ ।

निन्द्रा भनेको मानिसको एक आधारभूत आवश्क्ता हो । यसमा केही तलमाथि भए मानिसको शरिरमा विभिन्न रोगको लक्षण देखिने गर्छ । निन्द्रा पुरा पुगे मानिसमा एक किसिमको शक्ति प्राप्त हुन्छ । तर, अनिन्द्राले मानिसको शरिरलाई भद्दा बनाउने गर्छ । साथै यसको अपुर्णतामा शरिरमा शारिरिक तथा मानसिक जटिलता आउन सक्छ ।

तर, एक अध्ययनका अनुसार दैनिक ८ घण्टा भन्दा कम सुत्ने मानिसलाई तनाव तथा निराशाले ग्रस्त बनाउने तथ्य देखाएको छ ।

अमेरिकाको न्युयोर्कमा अवस्थित विश्वविद्यालय विघम्टन विश्वविद्यालयले यस्तो तथ्य फेला पारेको हो । ८ घण्टाभन्दा बढि सुत्ने मानिस तथा ८ घण्टाभन्दा कम सुत्ने मानिसहरुबीच गरिएको सो अध्ययनले सो तथ्य देखाएको हो । ८ घण्टाभन्दा कम सुत्ने मानिसहरुमा यस्तो समस्या आउने देखिएको हो । ८ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा बढि तनाव, भय, कुण्ठा, चिन्ता, निराशा तथा अशान्ति हुने सो अध्ययनले देखाएको थियो ।

नियमित तथा सही समयमा सुत्ने मानिसहरुमा सकारात्मक सोचको विकास सजिलै भएको पाईएको थियो । त्यस्तै अनियमित रुपमा सुत्ने मानिसहरुमा सकारात्मक सोचको विकास नहुने तथा चाहिदो काममा आफ्नो दिमागलाई एकतृत गर्न गाह्रो हुने सो अध्ययनले देखाएको थियो ।

अध्ययनले टोलीका अनुसार मनमा आएका सकारात्मक सोचका कारण आउने नकारात्मक सोचहरुलाई दवाउन सघाउ पुग्ने निस्कर्ष छ । तनाव तथा निराशाबाट मुक्त हुन दिनमा ८ घण्टा अनिवार्य रुपमा सुत्नैपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्