टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित मलेशिया तथा सिंगापुर छनौट



२६ असोज २०७५, काठमाडौं

मलेशियामा जारि आईसीसी टि–२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित मलेशिया तथा सिंगापुर छनौट भएका छन् ।

आज भएको अन्तिम खेलमा चीनलाई १० विकेटले पराजित गर्दै मलेशियाले थाईल्याण्डलाई रनरेटका आधारमा जितेर विश्वकप छनौट खेल्न पूर्वी क्षेत्रबाट तेस्रो हुदै छनौट भएको हो । यस समुहबाट नेपाल र सिंगापुर छनौट भइसकेका छन् भने केहि बेरपछि हुने खेलबाट पहिलो र दोस्रो छुट्टिने छन् । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेशिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्ड गरि ६ राष्ट्रको सहभागिता रहेको थियो । राउण्ड रोबिनका आधारमा सम्पन्न यस खेलबाट शीर्ष तीन टोली दोस्रो चरणको छनौटमा छानिने व्यवस्था अनुसार नेपाल, सिंगापुर र मलेशिया छानिएका छन् ।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनौट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्