शहिद स्मारक ए डिभिजन लिग : हिमालयन र एपीएफ गोलरहित बराबरीमा



२६ असोज २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्ल्ब र एपीएफले गोलरहित बराबरी खेलका छन् ।

खेलको निर्धारित समय सकिदाँसम्म कुनै टिमले पनि गोल गर्न सकेका छैनन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलमा अहिलेसम्म कुनै टिमले पनि गोल गरेका छैनन् । खेलको निर्धारित समय सकिएसँगैं उनीहरु बराबरीमा रोकिएका हुन् ।

प्रतियोगिताको अर्को खेलमा विग्रेड ब्वाईज र मनाङ मर्स्याङदीबीच अपराह्न ३ बजे खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्