दुई मुक्तक (पाँचौं साता)



२६ असोज २०७५, काठमाडौं

नमस्कार म धनबल राई, यहाँहरु समक्ष अब भने म तीन–तीन वटा मुक्तक लिएर आउने गर्दछु ।

यो माहोल विशेषगरि हिन्दु नेपालीहरुको एउटा विशेष दिन हो । किनकी हिन्दु नेपालीहररुको महान् चाड बडा–दशैं नजिकिदै छ । यहाँहरुलाई यो दशैंको शुभकामना ब्यक्त गर्न चाहन्छु । राम्रोसँग मनाउनु होला, आफ्नो गच्छेअनुसारको मनाउनुहोला । आफ्नो जे हो, त्यहीँ रमाउनुपर्छ । सन्चो रहनुस सधैं यहि कामना गर्न चाहन्छु । मैले यहाँहरुसमक्ष समयसापेक्ष मुक्तकहरु ल्याउने जमर्को गरेको छु ।

मुक्तकको बारेमा–

मुक्तक यस्तो एउटा साहित्यिक विधा हो, जुन चतुष्पदीय हुन्छ, यसलाई एउटा स्वतन्त्र विधा पनि भनिन्छ । अझ स्पष्टसँग भन्ने हो भने यो पहिलो, दोस्रो र चौथों अनुप्रासयुक्त (तुक) र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । यसको पहिलो हरफले विषयको उठान गर्छ, दोस्रो हरफले उठानलाई थप समर्थन गर्छ, तेस्रो हरफ भने स्वतन्त्र हुन्छ, यानेकी यसले चौथों हरफलाई झट्का हान्न उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ ।

भनिन्छ, मुक्तक (AABA) सुत्रमा लेखिन्छ । किनकी मुक्तकमा पहिलो, दोस्रो र चौथों हरफ भने अनुप्रासयुक्त हुन्छ, र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । मुक्तक मुख्यतः मायाँ, प्रेमसँग जोडेर लेख्ने गरिन्छ, तर मुक्तक जुनकुकै विषयमा पनि रहेर लेख्न सकिन्छ । यहाँ मैले विशेषतः मायाँ प्रेमकै विषयमा लेख्न प्रयास गरेको छु । र अब देखि चाहिँ म हजुरहरुसमक्ष तीन–तीन वटा मुक्तकलाई स्थान दिने छु, यो साताको मुक्तक यसरी सुरु हन्छ, आउनुहोस् सुरु गरौं ।

बन्नु सधैं खुसी, पुरा होउन् सपना ।
रमाएर मनाउनु दशैं, सबै जना ।
के दिन सक्छु र म यो लहरहरुबाहेक,
तपाईहरुलाई यो दशैंको, शुभकामना ।

सधैं राम्रो बोल्ने मान्छे, आज बोल्न मन गरेन ।
सदा ब्यापक गर्ने मान्छे, आज कुरा गहन गरेन ।
प्रायजसो कल अनी सन्देशेको वर्षा हुन्थ्यो, तर
खोई आज किन हो, फोनै पनि अन गरेन ।

तिमी पाए जिन्दगीमा, अरु कोही पाउनु छैन ।
तिमी सुरु तिमी नै अन्त्य, अर्को माँया लाउनु छैन ।
जसलाई रोजे उही पाँए, उनी मेरो देउता,
भेटिसके देउता मैले, गल्लिहरु धाउनु छैन ।

प्रतिक्रिया दिनुहोस्