बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ३’ को फस्टलुक सार्वजनिक, देखियो अनमोल र सुहानीको सुहाएको जोडि



२६ असोज २०७५, काठमाडौँ

नायिका झरना थापा नेपालकी सुपरहिट नायिका मात्र नभएर राम्रो निर्देशक पनि बनिसकेकी छिन् । उनले पहिलो पटक निर्देशन गरेको चलचित्र ए मेरो हजुर २ बक्सअफिसमा निकै सफल भएपछि उनी फेरि दोस्रो पटक ए मेरो हजुर ३ बनाउने भएकी छिन् ।

नायक अनमोल केसी र यहि चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा पाइला चाल्न चालेकी नायिका झरना थापाकी छोरी सुहानी थापाको मुख्य भूमिका रहने चलचित्र ए मेरो हजुर ३ को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्र ए मेरो हजुर ३ को अधिकांश छायांकन सकिएको छ । चलचित्र ए मेरो हजुर ३ चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । यसअघिका ए मेरो हजुरका २ सिरिजलाई दर्शकले अत्यन्तै मन पराएकाले तेस्रो सिरिजलाई पनि दर्शकले मन पराउने कुरामा आफू ढुक्क रहेको चलचित्रकी निर्देशक झरना थापाले बताएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्