शहिद स्मारक ए डिभिजन लिग : बिहिबारको खेलमा थ्रीस्टार र नेपाल पुलीस क्लब विजयी



२६ असोज २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहिबार भएको दुई खेलमा थ्रीस्टार क्लब र नेपाल पुलीस क्लब विजयी भएका छन् ।

पहिलो खेलमा थ्रीस्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गरेको थियो । थ्रीस्टारका लागि रन्जन विष्टले खेलको १६ औं मिनेटमा र खेलको ८३ औं मिनेटमा बुद्धराज लिम्बुको एक–एक गोल फ्रेन्ड्स क्लबका लागि कठिनाई भयो । तर, फेन्ड्स क्लब भने १ गोलमै सिमित रहनु पर्यो । उसका लागि विकास लामाले थ्रीस्टारलाई चूनौतीका रुपमा १ गोल फर्काए । अतिरित्त समयमा भएको गोलले फ्रेन्ड्सलाई शून्यबाट बचाएको थियो । त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा नेपाल पुलीस क्लबले जाउलाखेललाई १–० ले पराजित गर्यो । पुलीस क्लबका लागि खेलको ३१ औं मिनेटमा आजित भण्डारीले १ गोल गरेका थिए । त्यसपछि तुलनात्मक रुपमा बराबरी खेलको टिमहरुले खेलको निर्धारित समयसम्म केही नयाँ नतिजा ल्याउन सकेनन् ।

प्रतियोेगितामा शुक्रबारको खेलमा हिमालयन शेर्पा क्लब र एपीएफको खेल विहान ११ बजे तथा विग्रेड ब्वाईज र मनाङ र्मस्याङ्दी क्लबको खेल अपराह्न ३ बजे हुने जनाईको छ । अहिल हिमालयन शेर्पा र एपीएफबीच खेल भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्