मेलिना राईको नयाँ गीत रिलिज, कविता र आकाश फिचरिङमा



२६ असोज २०७५, काठमाडौँ

मेलिना राई नेपालकी निकै चर्चित र डिमाण्डेड गायिका हुन् । उनले निकै छोटो समयमै आफूलाई स्थापित गर्न सफल भएकी गायिका हुन् । आजभोली आधुनिक होस् वा फिल्मी अधिकांश गीतहरुमा मेलिनाको आवाज सुन्न सकिन्छ । हालैमात्र गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ ।

राजु बाबु श्रेष्ठको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको मिठो मिठो बोलको गीतमा उत्तम थापा मगर, राजनराज शिवाकोटी र मेलिना राईको आवाज रहेको छ । उक्त गीतमा नेपालका चर्चित नायक आकाश श्रेष्ठ र अहिलेकी निकै व्यस्त मोडल बुगीवुगी विजेता कविता नेपालीलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । निकै रमाईलो शैलीको गीतमा आकाश र कविताको सुहाएको जोडि देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्