चलचित्र ‘न यता न उता’ को ‘चोली को तुना’ बोलको गीत सार्वजनिक



२५ असोज २०७५, काठमाडौँ

चलचित्र न यता न उता को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रलाई मिराज रोजले निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोज, बुद्धि तामाङ, रबिन्द्र झा, नम्रता सापकोटा, राजाराम पौडेल, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

एक नारायण भण्डारीको शब्द र मिलन जलनको संगीत रहेको चोली को तुना बोलको गीतमा मिलन अमात्य र राजनराज शिवाकोटीको आवाज रहेको छ । उक्त गीतमा चलचित्रकी मुख्य नायिकाहरु ऋचा शर्मा र छुल्ठिम गुरुङलाई फिचरिङ गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्