अल्ट्रा धाविका राई अमेरिकामा पुरस्कृत



२५ असोज २०७५, काठमाडौं

नेपाली अल्ट्रा धाविका मिरा राई अमेरिकामा पुरस्कृत भएकी छिन् । ‘एशियन गेम चेम्बर अवार्ड’ बाट अमेरिकाको न्युयोर्कमा एक कार्यक्रमका साथ उनीसहित अन्य देशका ८ जना पुरस्कृत भएका हुन् ।

किर्तीमानी तोडेको तथा प्रेरणादायी र लाखौं महिलालाई सहयोग गरेको भन्दै उनीसहित ८ जनालाई पुरस्कृत गरिएको हो । यसपछि राईले सामाजिक सञ्जालमार्फत आफ्नो जिवनकालकै सबैभन्दा उत्कृष्ट दिन भएको बताएकी थिईन् । विभिन्न देशको अल्ट्रा रनिङमा सहभागी जनाउने राई सन् २०१६ मा एड्भेन्चर अफ द ईएर बनेकी थिईन् । त्यस्तै राई सन् २०२५ मा फ्रान्समा भएको एकल माउण्ट ब्लयाक अल्ट्रा म्याराथनमा स्वर्ग पदक चुम्न सफल भएकी थिईन् ।

राई द्वन्दकालको माओवादीको लडाकु थिईन् । शान्तिकाल सुरु भएपछि उनी अयोग्य लडाकु घोषित भई आफ्नो पाईला खेलकुदतिर मोडेकी हुन् । उनले आफ्नै लगानीमा देशको विभिन्न प्रतिस्पर्धामा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्