सलमान भन्छन् : यदि मैले ऐश्वर्यामाथि हात उठाएको भए आज उनी जिवित हुदैँनथिन् होला



२४ असोज २०७५, काठमाडौँ

एक समय बलिउडमा दुई चर्चित सुपरस्टार सलमान खान र ऐश्वर्या राय वच्चनको खुबै अफेयर चलेको थियो । उनीहरु एकअर्काको प्रेममा थिए । तर पछि केहि कारणबस उनीहरु अलग भएका थिए । आजभोली सामाजिक सञ्जालमा ऐश्वर्या र सलमानका विगतका कुरा निकै आउन थालेका छन् ।

कुनै समयमा ऐश्वर्याले आफूमाथि सलमानले हातपात गरेपछि सलमानसँग सम्बन्ध टुटेको बताएकी थिइन् । सानो सानो कुरामा रिसाउने र म अरुसँग बोलेको थाहा पाएर म माथि हात उठाउने सलमानको बानीलाई सहन नसकेर मैले सलमानसँग सम्बन्ध तोडेकी हुँ भन्दै एश्वर्याले गुनासो पोखेकी थिइन् । तर सलमानले त्यो कुरामा कत्तिपनि सत्यता नरहेको बताएका थिए । सलमानको भनाई अनुसार उनले यदि कहिल्यै पनि एश्वर्यामाथि हात उठाएको भए आज एश्वर्या जिउँदो हुने नै थिइनन् । सलमानको पञ्च कत्तिको बलियो छ भनेर सबैलाई थाहा नै छ, त्यसैले सलमानले आफूले एश्वर्यामाथि हात नउठाएको बताएका थिए ।

यो निकै पहिलेको कुरा हो । तर केहिसमय अघि सलमानले दिएको एक अन्तवार्तामा यो कुरा निस्किएपछि आजभोली उनीहरुको विगतको कुरा सामाजिक सञ्जालमा आउन थालेको हो । अहिले एश्वर्या आफ्नै वैवाहिक जीवनमा खुसी छिन् भने सलमान पनि आफ्नी नयाँ प्रेमिकासँग रमाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्