भारतीय चर्चित कमेडियन कपिल शर्मा वैवाहिक जीवनमा बाधिदैँ, आउँदो डिसेम्बरमा गर्दैछन् विवाह



२३ असोज २०७५, काठमाडौँ

कपिल शर्मा भारतका निकै चर्चित कमेडियन हुन् । उनले आफ्नो चर्चित शो कमेडि नाइट्स विथ कपिल र दी कपिल शर्मा शो मा धेरै चर्चित कलाकारहरुलाई ल्याएर आफ्नो प्रतिभा पुरै भारतमा फैलाइसकेका छन् । कपिल शर्मालाई कमेडि किङ्ग पनि भनिन्छ ।

कपिलका फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ । अहिलेसम्म अविवाहित कपिल अब भने विवाह गर्ने तरखरमा रहेका छन् । उनले आफ्नी प्रेमिका ग्रिनीसँग आउँदो डिसेम्बरमा पञ्जाबको अमृतसरमा विवाह गर्ने पक्का भएको छ । लामो समयदेखि निकै आलोचना खेपिरहेका कपिल अब भने फेरि आफ्नो रमाइलो जीन्दगीमा फर्कने भएका छन् । कपिल आफूले विवाह अमृतसरमा गरे पन मुम्बईमा आफ्ना इष्टमित्र र साथीभाईलाई रिसेप्सन पार्टि दिने बताएका छन् । कपिल र उनकी प्रेमिका ग्रिनी कलेजमा पढ्दादेखि नै एकअर्काको प्रेममा रहदै आएका हुन् र लामो समयको प्रेम सम्बन्धपछि कपिल वैवाहिक जीवनमा बाधिदैँ छन् ।

 

प्रतिक्रिया दिनुहोस्