मादक पदार्थ सेवनपछिको यौन समपर्क कस्तो हुन्छ? पढ्नैपर्ने जानकारी



२३ असोज २०७५, काठमाडौं

यौन भनेको जीवात्मा प्राणी मात्रको नैसर्गिक प्रवृत्ति वा प्राकृतिक स्वभाव हो । मानवमा जीवनको स्त्री र पुरूष वीचको जीवन्त सम्बन्ध वा सन्तानोत्पादन क्रिया हो । साथै, संसारको सबैभन्दा सुन्दर मायाको खेल पनि हो ।

कति मानिसहरु मादक पदार्थमा सौखिन देखिन्छन् । उनीहरु खुसी हुँदा तथा आफ्नो विशेष मान्छेहरुको खुसीमा यस्तो खालको मादक पदार्थहरु सेवन गर्ने गर्छन् । त्यसमा त भईहाल्यो कति मान्छेहरु त यौन सन्तुष्टि प्राप्त गर्न पनि यसलाई सेवन गर्ने गर्छन् । रक्सी खाएर यौन सम्पर्क गर्दा बढी आनन्द आउछ भन्ने एक किसिमको भ्रम छ, हाम्रो समाजमा । तर यो भ्रम मात्र हो । यौन सम्पर्क गर्दा मादक पदार्थ सेवनले अस्थायी रुपमा सकारात्मक परिणाम देखाएपनि दीर्घकालमा यसले नकारात्मक परिणाम पछिल्लो केही अध्ययनले देखाएका छन् । मादक पदार्थबाट निश्चय नै शक्ति पैदा हुन्छ । तर यसले पुरुष र महिलाबिच हुने भावनात्मक बिगार्नै मक्का छ ।

मादक पदार्थ सेवन गरेर यौन सम्पर्क गर्नेहरु यौन सम्पर्क मायाको उद्गार र आनन्दको स्रोत हो भन्ने कुरा बिर्सन्छन् । उनीहरु यौन सम्पर्क एक व्यवहार हो र जसलाई पूरा गर्नु कर्तव्य हो भन्ने ठान्छन ।

वास्तवमा यौन सम्पर्क गर्न जरुरी छ, भनेर वा यो गर्नुृ कर्तब्य हो भन्नु भन्दा पनि यसलाई एक आनन्द अथवा यसलाई एक कला ठान्नु आवश्यक छ । यसमा पारंगत हुनका लागि व्यक्तिले भरपूर माया दिन र लिन जानेको हुनु पर्छ । यौन सम्पर्कलाई शरीरको क्रिया मात्र नठानी परस्पर आत्मियता बढ्ने क्रिया ठान्नु जरुरी छ ।

रक्सीले व्यक्तिलाई तत्काल उत्तेजनामा ल्याउने काम बाहेक अन्य काम गर्दैन । यौन सम्पर्क गर्दा एक व्यक्तिले मात्र मादक पदार्थ सेवन गरेको छ, भने अर्कोलाई त्यसले सकारात्मक असर गर्दैन । यदी दुबैले मादक पदार्थ सेवन गरेकाछन् भने पनि यसले क्षणिक बेहोरीपन बाहेक वास्तविक यौन आनन्द प्रदान गर्न सक्दैन । तर कहिलेकाहीँ कामबाट थाकेको अवस्थामा, कामको तनाव भएको बेला वा रमाइलोका लागि थोरै रक्सीले यौन आनन्दमा कमि ल्याउँदैन ।

प्रतिक्रिया दिनुहोस्