पिपिएललाई आईसिसिको मान्यता



२३ असोज २०७५, काठमाडौं

पोखरा प्रिमियर लिग (पिपिएल) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) को मान्यता दिईएको छ । सोमबार (हिजो) पिपिएललाई आईसिसिको मान्यता दिईएको हो ।

पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पिपिएललाई मान्यता दिएको दिएका छन् ।

आइसिसीको मान्यता पाएपछि अब पिपिएलको आयोजकले आइसिसीलाई २० हजार अमेरिकी डलर रकमसमेत बुझाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्