चाडपर्वको अवसरमा परिवर्तन खवरको बृहत जलपान कार्यक्रम



२२ असोज २०७५, काठमाडौं ।

छोटो समयमा लोकप्रिय बन्न सफल परिवर्तन खबर डट कमले विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११३९ र छठ पर्वको अवसरमा बूढानीलकण्ठ १० स्थित जोसेफ हाई स्कूलको प्राङ्गणमा शुभकामना आदान–प्रदान तथा बृहत जलपान कार्यक्रम आयोजना गर्ने भएको छ ।

परिवर्तन खबरका संस्थापक, सल्लाहकार, पाठक तथा शुभचिन्तकहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको जलपान कार्यक्रम २०७५ असोज २६ गते शुक्रवार विहान ७ वजेदेखि ९ बजेसम्म हुनेछ ।

प्रतिष्ठित व्यक्तित्वहरु सहित सांसद, कलाकार, साहित्यकार, पत्रकार तथा समाजसेवीहरुलाई निमन्त्रणा गरिएको जलपान कार्यक्रममा परिवर्तन खबरका शुभेच्छुकहरुलाई समेत सहभागी हुन यसै समाचार मार्फत आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्