कपिल र सुनील फेरि एकसाथ सँगै काम गर्दै, फेरि सुरु हुदैँछ कपिलको दि कपिल शर्मा शो



२२ असोज २०७५, काठमाडौँ

कपिल शर्मा भारतका निकै चर्चित कमेडियन हुन् । उनले आफ्नो चर्चित शो कमेडि नाइट्स विथ कपिल र दी कपिल शर्मा शो मा धेरै चर्चित कलाकारहरुलाई ल्याएर आफ्नो प्रतिभा पुरै भारतमा फैलाइसकेका छन् । कपिल शर्मालाई कमेडि किङ्ग पनि भनिन्छ ।

कपिलसँगै दि कपिल शर्मा शो मै आएर चर्चा कमाउन सफल अर्का कमेडियन हुन् सुनील ग्रोभर । दी कपिल शर्मा शो मा डा. मसुर गुलाटीका नामले परिचित सुनीलले निकै छोटो समयमा धेरै फ्यान कमाउन सफल भएका थिए । कपिलले सञ्चालन गरेको उक्त रियालिटि शो निकै चर्चित थियो तर पछि एक कार्यक्रममा लागि बाहिर जादाँ कपिल र सुनीलको विमानमै झगडा भएको र कपिलले सुनीलमाथि हात पनि उठाएको कुरा फैलिएको थियो । त्यसपछि सुनीलले कपिलको शो नै छोडिदिएका थिए भने त्यसको केहिसमय पछि कपिल पनि डिप्रेशनमा गएर उनको शो नै बन्द भएको थियो । तर अहिले कपिल आफ्नो सफल उपचारपछि स्वस्थ्य छन् ।

कपिल र सुनीलका फ्यानका लागि एक खुसीको खबर आएको छ । यी दुई कमेडि किङ्ग अब फेरि एकसाथ देखिने भएका छन् । किनकी कपिलको बन्द भएको दि कपिल शर्मा शो फेरि सुचारु हुने भएको छ र त्यस शो मा फेरि एकपटक कपिल र सुनील देखिने सम्भावना देखिएको छ । केहिदिन अघिमात्र कपिलले एक अन्तवार्तामा सुनील र उनी फेरि एकपटक सँगै देखिने बताएका छन् । त्यसका साथै कपिलले सुनील र उनी दाजुभाई जस्तै भएको र आफूहरुको ठूलो झगडा नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्