बरिष्ठ नेता नेपालको असहमति पत्रमाथि बुधबारको सचिवालयको बैठकमा छलफल हुने



२२ असोज २०७५, काठमाडौं

बरिष्ठ नेता माधव कुमार नेपालले संसदमा पेश गरेको लिखित असहमति पत्रमाथि बुधबार बस्ने नेकपाको सचिालय बैठकले छलपल गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेपालको लिखित असहमतिबारे बुधबारको सचिवालय बैठकमा छलफल गरिने बताईएको छ । उनी पछिल्लो समयको प्रदेश ईञ्चार्ज र सह–ईञ्चार्ज को मनोनयनमा मनोमानी भएको भन्दै रुष्ट बनेका थिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका र कोस्टारिका, अर्का अध्यक्ष पुष्पकमल दाहालले भारत र चीन, वरिष्ठ नेता नेपालको घाना र चीन तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको चीन भ्रमणबारे जानकारी गराएका थिए ।

स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको सचिवालयको अर्को बैठक पर्सी बुधवार बस्ने छ । स्थायी कमिटी बैठकको मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्