जग्गा एकीकरण (ल्याण्ड पुलिङ) आयोजना सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न



१९ असोज २०७५, काठमाडौं

सांसद दिपक निरौलाको संयोजनमा बूढानीलकण्ठ नगरपालिका भित्रका जग्गा एकीकरण (ल्याण्ड पुलिङ) सम्वन्धी सचेतनामूलक कार्यक्रम बूनपा ७ स्थित रोयल एस्टोरिया होटलमा सम्पन्न भएको छ ।

बूढानीलकण्ठ क्षेत्रमा बस्ति विकासको अवस्था दिनानुदिन बढ्दै गएको छ । नगरपालिकाले मापदण्ड लागु नगर्दा थोरै जग्गामा नीजि भवनहरु बन्ने र बाटो, पानीको समस्या बढ्दै गएको देखिन्छ । त्यति मात्र हैन कृषीयोग्य भू–भाग दिनानु दिन घट्दै गईरहेको र धार्मिक सम्पदा, सार्वजनिक स्थलहरु समेत अतिक्रमित हुँदै गएको देखिन्छ ।

भवन निर्माण सम्बन्धी मापदण्ड बनाउँदै व्यवस्थित शहरीकरण, एकीकृत बस्ति विकास, खालि जग्गाको उचित प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित भएको थियो ।

बूनपाको सहयोगमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य दिपक निरौंलाले संचालन गरेका थिए । उपत्यका प्राधिकरणका विज्ञद्वारा कार्यपत्र प्रश्तुत गरिएको थियो भने कार्यक्रममा बूनपा प्रमुख उद्धव प्रसाद खरेल, उपप्रमुख रमादेवी राई, प्रशासकिय अधिकृत प्रदिप पौडेल, सबै वडाध्यक्षहरु, निर्वाचित सदस्यहरु, स्थानीय समाजसेवी, बुद्धिजीवि लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

     

प्रतिक्रिया दिनुहोस्