एचडी क्वालिटीमा अनलाइन लीक भयो वरुण–अनुष्काको ‘सुई धागा’



वरुण धवन र अनुष्का शर्मा स्टारर फिल्म ‘सुई धागा’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । मंगलबार भारतमा गान्धी जयन्तीको छुट्टी भएका कारण फिल्मले राम्रो कमाई गरेको र दर्शकहरुबाट पनि राम्रो प्रतिक्रिया मिलेरहेका बेला अब भने फिल्मलाई ठूलो झट्का लाग्नसक्छ ।

रिलिजको केही दिनपछि फिल्म ‘सुई धागा’ अनलाइन लीक भएको छ । पूरै फिल्म अनलाइनमा उपलब्ध रहेको बताइएको छ । रिपोर्टका अनुसार केही वेभसाइटमा फिल्मको पाइरेटेड प्रिन्ट रहेको छ भने केही वेभसाइटमा फिल्म एचडी क्वालिटीमा रहेको छ ।

कुनै बलीउड फिल्म अनलाइन लीक भएको यो पहिलोपटक भने होइन । पाइरेसीका कारण बलीउड फिल्मले प्राय नोक्सान बेहोरिरहेको बताइएको छ । दर्शकहरु सिनेमाघरमा गएर फिल्म हेर्नुको सट्टा पाइरेसी भर्जन डाउनलोड गरेर घरमै बसेर फिल्म हेरिरहेका छन् ।

फिल्मले हालसम्म ५५ करोड बक्स अफिस कलेक्सन गरिसकेको छ । कमाईको गतिलाई हेर्दा अब केही दिनमा नै फिल्मले १०० करोड कमाउने अनुमान गरिएको थियो । तर अब अनलाइन लीक भएकाले फिल्मको कमाईमा प्रत्यक्ष असर पर्ने देखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्