सुपरहिट तामिल चलचित्र ‘कन्चना’ को हिन्दी रिमेकमा अक्षय भए फाइनल



१५ असोज २०७५, काठमाडौँ

अक्षय कुमार बलिउडमा नाम चलेका र चर्चित नायक हुन् । उनले धेरै सफल चलचित्रमा काम गरिसकेका छन् । अक्षय निकै डिमाण्डेड अभिनेता पनि हुन् । पछिल्लो समयमा एकपछ अर्को चलचित्रमा देखिइरहेका छन् अक्षय । तामिलमा निकै सफल भएको चलचित्र कन्चनाको अब हिन्दि रिमेक पनि बन्ने भएको छ ।

सधँैभरि लबर र एक्सन बोईको रुपमा देखिने अक्षय यसपटक भने हरर चलचित्रमा देदिने भएका छन् । हुन त अक्षयले यो भन्दा पहिले पनि बुलबुल नामक हरर चलचित्रमा काम गरिसकेका छन् । कन्चना निकै कमेडि शैलीमा निर्माण भएको हरर चलचित्र हो । यसको हिन्दी रिमेकमा अक्षय कुमार अनुबन्धित भएका छन् । उक्त चलचित्र कहिले बाट फ्लोरमा जाने त्यो भने अहिले नै बताइएको छैन । चलचित्रमा अक्षय बाहेक अरु कोको कलाकार रहने छन् त्यो भने केहिदिन पछि थाहा हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्