अहिलेसम्म किस सिन दिएको छैन र कहिले पनि दिने छैन : सलमान खान



१५ असोज २०७५, काठमाडौँ

सलमान खान बलिउडका निकै चर्चित र डिमाण्डेड अभिनेता हुन् । उनी बलिउडमा आएका निकै बर्ष भैसकेको छ तरपनि उनको अभिनय र जवानी उस्तै छ । उनको आजपनि निकै लोभलाग्दो फ्यान फलोअर्स छ । सलमान खान भनेपछि उनको फ्यानहरु हुरुक्कै हुने गर्छन् । सलमान खानको बलिउडमा सधैँभरि एउटा कुरामा चर्चा हुने गर्छ  ।

सलमान खानले आफूलाई किस गर्न पटक्कै मन नपर्ने र कहिले पनि आफूले गरेका चलचित्रमा किस सिन नदिएको बताउँछन् । त्यसका साथै उनी  आगामी दिनमा पनि आफूले खेल्ने चलचित्रमा किस नदिने बताउँछन् । सलमान खान इन्टिमेन्ट सिनहरु परिवारसँग बसेर हेर्न लाजलाग्दो हुने गरेको बताउँछन् । त्यसैले आफूले परिवारसँग सँगै बसेर चलचित्र हेर्नु पर्ने धएकाले चलचित्रमा किस दिन आवश्यक नरहेको सलमानको धारणा छ ।

आफूलाई दर्शकहरुले अहिलेसम्म रुचाएका र आगामी दिनमा पनि किस सिन बिना नै आफूलाई दर्शकलाई मन पराउने कुरामा ढुक्क रहेको सलमानले बताए । अश्लिल खालका चलचित्रहरु आफ्ना परिवारका सदस्यहरुसँग बसेर हेर्न आफैलाई लाज लाग्ने भएकाले उनी आफू चैँ कहिले पनि त्यस्ता खालका सिन नदिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्