स्व. ईन्द्र बहादुर तामाङ कम्युनिष्ट पार्टीका भरोषायुक्त कार्यकर्ता (भिडियो सहित)



१३ असोज २०७५, काठमाडौं

तत्कालीन नेकपा एमालेका सक्रिय कार्यकर्ता स्वर्गीय ईन्द्र बहादुर तामाङको १८ औं स्मृतिमा आयोजित सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता समापन कार्यक्रम २०७५ मा कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तामाङ पार्टीको भरोषायुक्त कार्यकर्ता रहेको बताए ।

तामाङ समुदायबाट तत्कालीन नेकपा एमालेमा सक्रिय ईन्द्र बहादुर जनताको काम र अरुको भलाईमै आफूलाई समर्पित गरेका नेताको स्मृतिमा आयोजित फुटबल प्रतियोगितामा सहभागी २३ टिममध्ये मझेरी युवा क्लब प्रथम र हात्तीगौंडा युवा क्लब द्वितीय भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी बूढानीलकण्ठ क्लबका संजीव तामाङ, उत्कृष्ट गोलकिपर हात्तीगौंडा क्लबका कृपेश अधिकारी र उत्कृष्ट डिफेण्डर दिपेश खतिवडा बन्न सफल भए ।

प्रथम स्थान हासिल गर्ने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भए भने द्वितीय टिमले २० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

महांकाल युवा क्लबका अध्यक्ष राजकुमार तामाङको अध्यक्षता तथा दिलिप कुमार परियारको संचालनमा भएको समापन कार्यक्रमको विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराई, प्रदेश सभा सदस्यहरु, बूढानीलकण्ठ नगरपालिका प्रमुख, उपप्रमुख, नेकपाका नेताहरु रविन अधिकारी, धुर्वराज न्यौपाने, विदुर विक्रम खड्का, सुन्दर पुर्कुटी लगायत सवै वडाका वडाध्यक्षहरु उपस्थित थिए ।

कार्यबहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्मृति सभामा दिएको मन्तव्यको भिडियो :

   

प्रतिक्रिया दिनुहोस्