नरेन्द्र मोदिको जति नै पारिश्रमिक दिएर राखिन् करिनाले छोरा तैमुरको रेखदेखका लागि धाईआमा



१२ असोज २०७५, काठमाडौँ

नायिका करिना कपुर र सैफ अली खानका छोरा तैमुर खान निकै चर्चित स्टारकिड हुन् । सानै उमेरमा उनका बाबु आमाका कारण उनी बारम्बार मिडियामा पनि छाइरहन्छन् । केहिसमय अघि नायिका करिनाले आफ्नो छोराको सुरक्षाका लािग बडिगार्ड राख्ने योजना रहेको बताएकी थिइन् ।

करिना र सैफले आफ्ना छोरा तैमरको रेखदेशका लागि एक धाईआमा राखेका छन् । करिना र सैफ दुवै चलचित्र क्षेत्रका भएकाले उनीहरु धेरैजसो समय व्यस्त नै रहन्छन् । त्यसका कारण तैमरसँग धेरैजसो समय उनकी धाईआमा नै हुने गर्छिन् । करिना र सैफले तैमुरका लागि निकै राम्रो पारिश्रमिक दिएर ती धाइृआमा हायर गरेका हुन् । बुझिएअनुसार तैमुरको रेखदेख गर्ने धाईआमाको मासिक पारिश्रमिक १ लाख ५० हजार भारु छ । मासिक रुपमा यति कमाउनु भनेको सानो कुरा होइन । त्यतिमात्र नभएर तैमुरको लागि राखिएको धाईआमाले उनले गर्नुपर्ने भन्दा बढी काम गरेको खण्डमा उनको तलब बढेर १ लाख ७५ हजारसम्म पुग्ने बताइएको छ ।

तैमुरको लािग राखिएकी धाईआमा करिना र सैफले उनका छोरा तैमुरलार्य कतै विदेश घुमाउन लगे भने उनीहरुसँगै जान्छिन् । करिना र सैफले तैमुरलाई कतै घुमाउनु लानु पर्ला भनेर तैमुरको लािग राखिएकी धाईआमाको लागि कार पनि किनिदिएका छन् । तैमुरको लागि राखिएकी धाईआमाको मासिक पारिश्रमिक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गरिएको छ । किनकी नरेन्द्र मोदिको पनि मासिक पारिश्रमिक १ लाख ६० हजार रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्