अवैद्य रुपमा मलेशियामा बस्दै आएका ४७ नेपाली प्रहरीको नियन्त्रनमा



१० असोज २०७५, काठमाडौं

मलेशियामा अवैद्य रुपमा काम गर्दै आएका ४७ नेपाली प्रकाउ परेका छन् ।

अवैधानिक रुपमा कार्यरत आप्रवासी श्रमिकको खोज अनुसन्धान तथा आवश्यक कारवाही गर्ने मलेशियाको प्रहरीले ४७ नेपालीलाई नियन्त्रनमा लिएको हो । मलेशियास्थित नेपाली दुताबासका अनुसार साईबरजयाको एक कम्पनीबाट उनीहरु पक्राउ परेका हुन् ।

मलेशियन सरकारले पटक–पटक आम माफीको समय दिदाँ उनीहरु सो मौकामा सहभागी नभएकाले उनीहरुलाई नियन्त्रन गर्नुपरेका बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्