मोडल डेस्टिनीको पहिलो गीत चर्चाको शिखरमा (भिडियो सहित)



०८ असोज २०७५, काठमाडौं

यतिबेला नेपाली साङ्केतिक बजारमा एक फरक स्वरको गीत चर्चा बटुल्दै आएको छ । डेस्टिनी तामाङको स्वरमा सजिएको आज म बोलको गीत चर्चा बटुल्दै बजारमा आएको हो ।

पछिल्लो समय मोडलिङमा बेग्लै स्थान बनाउन सफल डेस्टिनाको उक्त गीतमा आफ्नै शब्दमा रहेको छ भने बिक्रम कार्कीले संगीत भरेका छन् । गीतलाई बिक्रम कार्कीले नै संगीत संयोजन समेत गरेका छन ।

नियोन क्रीएसन स्टुडियोबाट म्युजिक भिडियो बनाएको उक्त गीतमा उनको आफ्नै सुन्दर र उत्कृष्ट अभिनय रहेको देख्न सकिन्छ ।

भेनस रेकर्डिङ स्टुडियोमा मिक्सिंग र मास्टरिंग गरिएको गीतले ७ हजार बढी भ्यूअर्स पाइसकेको छ । गीतलाई उनले आफ्नै युट्युव च्यानल मार्फत युट्युवमा सार्वजनिक गरेकि छिन् ।

प्रतिक्रिया दिनुहोस्