बलिउड नायक टाइगरलाई हलिउड चलचित्रको अफर



८ असोज २०७५, काठमाडौँ

बलिउड सुपरस्टार टाइगर श्राफ छोटो समयमा नै निकै चर्चित बन्न सफल नायक हुन् । चलचित्र हिरोपन्ती बाट बलिउडमा डुब्यु गरेका टाइगरले पहिलो चलचित्रबाट नै सफलता प्राप्त गरेका थिए । हेर्दा निकै ह्याण्डसम टाइगरलाई एक्सन नायक भनेर पनि चिनिने गर्छ । अधिकांश चलचित्रमा एक्सन अवतारमा देखिने टाइगर एक्सनमा मात्र नभएर डान्समा पनि त्यति नै अव्वल छन् । उनको डान्सलाई मन नपराउने सायद कोहि छैनन् होला ।

छोटो समयमै बलिउडमा आफ्नो स्थान बनाउन सफल टाइगरलाई बलिउडमा मात्र नभएर हलिउडमा पनि स्थान मिल्ने भएको छ । हलिउडका एक निर्माताले उनलाई लिएर हलिउड चलचित्र बनाउने भएका छन् । त्यतिमात्र नभएर ती निर्माता टाइगरलाई भेट्न इन्डिया नै पुगेका थिए । बलिउडमा आएको यति थोरै समयमा नै हलिउड चलचित्रबाट अफर आउँदा टाइगर निकै खुसी र उत्साहित भएको बताउँछन् । टाइगरले उक्त हलिउड चलचित्र गर्ने लगभग पक्का भएको छ तर उनले चलचित्र साइन भने गरेका छैनन् । यदि टाइगरले उक्त हलिउड चलचित्र गरे त्यहाँ पनि उनको एक्सन अवतार नै देख्न पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्