यी ७ घरेलु उपाय तनाव कम गर्न



 

 

०५ असोज २०७५, काठमाडौं

आधुनिक युगमा तनाव प्रायः मानिसको समस्याको विषय बनेको छ । यसले हाम्रो दिनचर्या र कामलाई प्रत्यक्ष रूपमा प्रभावित पार्छ । यसबाट मुक्त हुन या उपचार गर्नका लागि चिकित्सककहाँ नै पुग्नुपर्छ भन्ने छैन । घरमै सजिलो गरी उपचार पनि गर्न सकिन्छ ।

१.दूध र बदाम :
तनावबाट टाढिनका लागि दूध र बदामको सही तरिकाले प्रयोग गर्न सकिन्छ । यो प्रायः सबैको घरमा हुन्छ या सजिलै लिन पनि सकिन्छ । आफ्नो आहारमा तातो दूध र ५ दाना बदाम समावेश गर्न सकिन्छ । दिनमा दुईदेखि तीनपटकसम्म यसको सेवन गर्न सकिन्छ । यसो गर्दा तनाव टाढा भागेर जान्छ ।

२.नीम :
नीम मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले चर्मरोगलगायतका कैयौँ शारीरिक समस्याबाट मुक्ति पाइन्छ । यसले तनावलाई पनि सजिलै टाढा गर्न भूमिका खेल्छ । यसका लागि तपाईंले आफ्नो निधारमा नीमको पाउडर लगाउन सक्नुहुन्छ ।

३.दूध र अदुवा:
तनावलाई नियन्त्रणमा राख्न दूध र सुकेको अदुवालाई पनि प्रयोग गर्न सकिन्छ । दूध र अदुवाको पाउडरको पेस्ट बनाई टाउकोमा लगाउँदा तनावलाई निकै राहत मिल्छ । त्यसको केही समयपछि बिस्तारै तनाव कम हुँदै जान्छ ।

४.चिसो टावेल:
यदि तनावका कारण टाउको दुखिरहन्छ या एकै ठाउँमा ध्यान केन्द्रित गर्न सकिरहनुभएको छैन भने चिन्ता लिनुपर्दैन । यसका लागि टावेललाई चिसो पानीमा भिजाएर निचोरी केहीछिन निधार या टाउकोमा राख्न सक्नुहुन्छ । यसो गरेको केही समयपछि बिस्तारै तनाव कम हुन्छ ।

५.रिवलको तेल:
नरिवलको तेलले मालिस गर्दा पनि तनाव दूर भएर जान्छ । तनाव भइरहको छ भने नरिवलको तेलले पूरै शरीर मसाज गर्न सक्नुहुन्छ । यसले तनावलाई कम त गर्छ नै, शरीरभरिको रक्तसञ्चार पनि स्वस्थ हुन्छ ।

६.पानको पात:
पानको पातमा पीडा कम गर्ने र चिस्याउने गुण हुन्छ । यसले तनाव हटाउन पनि सहयोग पु¥याउँछ । यति मात्र नभएर तनावको अवस्थामा अँध्यारो कोठामा करिब आधा घन्टासम्म सुत्दा पनि हलुका अनुभूति हुन्छ ।

७.ग्रिन टी:
मोटोपन कम गर्न, उच्च रक्तचापलाई सामान्य बनाउन, मुटुलाई स्वस्थ राख्न मात्र नभई तनावलाई दूर गर्न पनि ग्रिन टीको प्रयोग गर्न सक्नुहुन्छ । ग्रिन टीमा एल–थियमाइन नामक तत्व हुन्छ । जसले तनाव कम गर्न मद्दत पु(याउँछ । यसका साथै तनावबाट बच्न सकारात्मक सोच र नियमित व्यायामको पनि आवश्यकता हुन्छ ।

स्वास्थ्यका लागि खतरनाक
वर्तमान समयमा मानिसको सबैभन्दा नजिकको साथी बनेको छ, तनाव । दैनिकीमा आउने अप्ठ्यारा, कामको प्रेसर र प्रतिस्पर्धाले मानिसलाई तनावयुक्त बनाइरहेको छ । तनाव हुँदा यसले पूर्ण शरीरमा प्रतिक्रिया देखाउँछ । जीवनमा संकट उत्पन्न हुँदा पनि तनाव उत्पन्न हुन्छ । यस्तो अवस्थामा मानसिक सन्तुलन बिग्रेर जान्छ । तनावका कारण मुड, रचनात्मकता, सम्बन्ध, स्वास्थ्य सबैमा असर पुग्ने गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्