सन्दीप लामिछाने सर्वाधिक राष्ट्रमा खेल खेल्ने सूचीमा



०५ असोज २०७५, काठमाडौं

नेपाली क्रिकेट टोलीका एक कुशल खेलाडी सन्दीप लामिछाने सर्वाधिक राष्ट्रमा खेल खेल्ने सूचीमा परेका छन् ।

क्रिकेट वेभसाईट क्रिकईन्फोले निकालेको सूचीमा नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि परेका हुन् । सन् २०१८ मा क्रिकेटमा डेब्यु गरेका उनले ९ राष्ट्रमा खेलिसकेका छन् ।

पाकस्तिानका सोएब मल्लिक तथा शादव खान र बंगलादेशका तमिम ईक्बालले पनि ९ राष्ट्रमा खेल्ने खेलाडीमा परेका हुन् ।
त्यसैगरि अफगानिस्तानका मोहम्मद नाबी र रसिद खानले भने १०, १० राष्ट्रमा खेल खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्