९९ वर्षीय बृद्धको पौडीबाजले राख्यो नयाँ विश्व कीर्तिमान (भिडियो सहित)



९९ वर्षीय बृद्ध अस्ट्रेलियाली पौडीबाजले आफ्नो उमेर समूहको ५० मिटर फ्रीस्टाइलमा नयाँ विश्व कीर्तिमान राखेका छन् ।

जर्ज करोनिसले क्वीन्स्ल्यान्डमा भएको एउटा कार्यक्रममा ५० मिटरको दूरी ५६.१२ सेकन्डमा पूरा गरेका हुन् जुन १००–१०४ वर्षको समूहमा नयाँ कीर्तिमान हो । उनले सन् २०१४ मा कायम भएको कीर्तिमानलाई ३५ सेकन्डले भङ्ग गरेका हुन् ।

खेलकुद हेर्ने निकायले यसलाई पुष्टि गर्न भने बाँकी नै छ । करोनिस आउँदो अप्रिलमा १०० वर्ष लाग्ने हुँदा यो नयाँ कीर्तिमानका लागि योग्य मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्