दुई मुक्तक



०५ असोज २०७५, काठमाडौं

नमस्कार म धनबल राई, यहाँहरु समक्ष गत साता दुई वटा मुक्तक लिएर आएको थिए । त्यो मुक्तक अलिक छोटो जस्तो लागेर यो साताबाट चाहिँ यहाँहरुमाझ तीन वटा मुक्तकहरु समेट्ने प्रयास गरेको छु ।

मुक्तकको बारेमा–
मुक्तक यस्तो एउटा साहित्यिक विधा हो, जुन चतुष्पदीय हुन्छ, यसलाई एउटा स्वतन्त्र विधा पनि भनिन्छ । अझ स्पष्टसँग भन्ने हो भने यो पहिलो, दोस्रो र चौथों अनुप्रासयुक्त (तुक) र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । यसको पहिलो हरफले विषयको उठान गर्छ, दोस्रो हरफले उठानलाई थप समर्थन गर्छ, तेस्रो हरफ भने स्वतन्त्र हुन्छ, यानेकी यसले चौथों हरफलाई झट्का हान्न उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ ।

भनिन्छ, मुक्तक (AABA) सुत्रमा लेखिन्छ । किनकी मुक्तकमा पहिलो, दोस्रो र चौथों हरफ भने अनुप्रासयुक्त हुन्छ, र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । मुक्तक मुख्यतः मायाँ, प्रेमसँग जोडेर लेख्ने गरिन्छ, तर मुक्तक जुनकुकै विषयमा पनि रहेर लेख्न सकिन्छ । यहाँ मैले विशेषतः मायाँ प्रेमकै विषयमा लेख्न प्रयास गरेको छु ।

एक–
मायाँले नि जल्ने मुटु, झिकी फाल्दिउँ जस्तो लाग्छ ।
दन्किएको आगोमा सित्तै, बाल्दिउँ जस्तो लाग्छ ।
आफु टाढा बसेर याद मात्र पठाउनेलाई,
पिरतीको अदालतमा, मुद्दा हाल्दिउँ जस्तो लाग्छ ।

दुई–

जो मेरो आखाको, नानीमा बस्छ ।
उही मेरो जिन्दगानीमा बस्छ ।
भेटौंन भन्छु हुन्छ त भन्छे उ पनि,
तर म गाँउमा उ, राजधानीमा बस्छ ।

तीन–

मुटु पोल्दाको यो, निरासपन ।
तिमी नहुँदाको यो, उदासपन ।
के भनुँ र म यो समयलाई,
साँझपखको यो, विलासपन ।

प्रतिक्रिया दिनुहोस्