सेशेल्समा एनसिसि गठन



०४ असोज २०७५, सेसेल्स

गैरआवासीय नेपाली संघको ७९ औं एनसिसिको रुपमा एनसिसि सेशेल्स गठन भएको छ । अफ्रिकी मुलुक सेसेल्स,  अफ्रिकाको सबै भन्दा बढी प्रति ब्याक्ति आय भएको र थोरै जन संख्या भएको देश हो ।

अफ्रिकाको पूर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय स्थल मध्ये एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन् । गत हप्ता १३ सेप्टेम्बरका दिन सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको  एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका थिए ।

अन्य पदाधिकारीहरुमा उपाध्यक्ष  मनोज बि.क. र किशोर कुमार महर्जन,  महासचिव कम्मान सिंह खत्री, सचिव बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पान्डेय, सहकोषाध्यक्ष किरण अधिकारी, प्रबक्ता  एकराज सुवेदी महिला संयोजक गोमा अधिकारी र युवा संयोजक राम चन्द्र राई रहेका छन् ।  त्यसैगरी सदस्यहरुमा चेतमान कुँवर, आइन्द्र लिम्बू र  बिष्णु  चयन भएका छन् ।  संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाका अनुसार सेशेल्स अफ्रिका क्षेत्रको  १७ औं राष्ट्रिय समन्वय परिषद्  र गैरआवासीय नेपाली संघको  ७९ औं राष्ट्रिय समन्वय परिषद् बनेको छ ।

प्रतिक्रिया दिनुहोस्